काठमाडौं, भदौ १२ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले सूचना जारी गर्दै उद्धारमा खटिएकालाई सुरक्षित रहन आग्रह गरेको छ ।
प्रवक्ता शान्ति महतले जारी गरेको सूचनामा भनिएको छ, ‘थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटेकोशी एवं त्रिशूली नदी किनारमा उद्धार एवं राहतमा खटिनुभएका एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएका सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ।’
चीनबाट आयो ड्याम पुनः फुटेको सूचना आएकाले प्रहरीले पनि सुरक्षित स्थानमा जान भनिसकेको छ ।



