२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

भोटेकोशी बाढीः शव पहिचान र घाइतेको अवस्था बुझ्न अस्पतालहरूमा आफन्तको भीड

भोटेकोशी बाढीः शव पहिचान र घाइतेको अवस्था बुझ्न अस्पतालहरूमा आफन्तको भीड

साझा पोष्ट
शुक्रबार, भदौ १२ २०८३
  • images
    images
    भोटेकोशी बाढीः शव पहिचान र घाइतेको अवस्था बुझ्न अस्पतालहरूमा आफन्तको भीड

    काठमाडौं,भदौ १२ ।रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको शव बुझ्न मृतकका आफन्तहरू विभिन्न अस्पताल पुग्ने क्रम बढेको छ ।


    images

    काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा शव पहिचान र संकलनका लागि आफन्तहरू प्रतीक्षारत छन् । त्यसैगरी, बाढीमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र उपचार प्रक्रिया बुझ्न पनि अस्पतालहरूमा सर्वसाधारणको उल्लेख्य उपस्थिति छ ।

    विपत्तिका कारण आफ्ना सदस्य गुमाएका र घाइते भएकाहरूका परिवारजन यतिबेला अस्पतालका विभिन्न विभागहरूमा भौँतारिनुपर्ने अवस्था सिर्जना भएको छ । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार