२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

५७९ जनाको शव फेला, १९ सय २४ सम्पर्कविहीन

५७९ जनाको शव फेला, १९ सय २४ सम्पर्कविहीन

साझा पोष्ट
शनिबार, भदौ १३ २०८३
  • images
    images
    ५७९ जनाको शव फेला, १९ सय २४ सम्पर्कविहीन

    काठमाडौं, भदौ १२ । भोटेकोशीकाे बाढीमा परी ज्यान गुमाएका मध्ये ५७९ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार याे शुत्रवार बेलुकी ७ बजेसम्मकाे विवरण हाे । 


    images

    हालसम्म १९२४ जना सम्पर्कविहीन रहेको विवरण प्राधिकरणले उल्लेख गरेको छ ।प्राधिकरणका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको प्राधिकरणले जनाएकाे छ । 

    यस्तै नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३ जना बेपत्ता छन् । भन्सारका १५, अध्यागमन कार्यालयका १५ जना, जलविद्युत आयोजनाका ९३३, विदेशी नागरिक ५१७ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । रसुवा, नुवाकोट, मकवानपुरबाट सम्पर्कविहीनका केही विवरण प्राप्त भएको प्राधिकरणले उल्लेख गरेको छ।

    प्राधिकरणका अनुसार अस्पतालमा १०१ जना घाइते उपचाररत छन् ।उद्धार तथा राहतका लागि १५हजार ४३१ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार