काठमाडौं,भदौ १६ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आह्वान गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुखले प्रतिनिधिसभाको बैठक बोलाएका हुन् ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले भोलि दिउँसो १ बजे बैठक बस्ने सूचना सार्वजनिक गरिसकेका छन्।
भोलिको बैठकमा भोटेकोशी बाढीले निम्तिएको संकट र प्रतिकार्यलगायतका विषयमा विशेष प्रस्ताव पेस गर्ने र दलीय आधारमा सबै दलका नेताहरूले बोल्ने तय भएको छ।



