२०८३, असोज ११ गते

आइतबार, असोज ११ गते २०८३

आइतबार, असोज ११ गते २०८३

रात्रिकालीन सार्वजनिक यातायातले काठमाडौंलाई थप चलायमान बनाउँछः सुनिता डंगोल

रात्रिकालीन सार्वजनिक यातायातले काठमाडौंलाई थप चलायमान बनाउँछः सुनिता डंगोल

साझा पोष्ट
आइतबार, असोज ४ २०८३
  • images
    images
    रात्रिकालीन सार्वजनिक यातायातले काठमाडौंलाई थप चलायमान बनाउँछः सुनिता डंगोल

    काठमाडौं, असोज ४ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको सेवा दिउँसोमा मात्र सीमित नभई रातिसमेत विस्तार गर्नुपर्ने बताएकी छन् ।


    images

    ललितपुरमा आयोजित काठमाडौँ उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । स्थानीय सरकारको महत्त्वपूर्ण दायित्वमध्ये यातायात सेवाको विस्तार पनि रहेको उल्लेख गरिन् ।

    उनले रात्रिकालीन बस सेवा सञ्चालनसँगै काठमाडौं उपत्यका अब दिउँसो मात्र नभई रातिसमेत चलायमान बन्ने बताइन् । डंगोलकाअनुसार वैशाख १ गतेदेखि परीक्षणका रूपमा बुढानीलकण्ठ–ललितपुरको लगनखेल र विमानस्थल–चन्द्रागिरि रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गरिएको थियो । पहिलो ९० दिनमै ६७ हजार यात्रुले सेवा लिएको उनले जानकारी दिइन् । 

     उनले सार्वजनिक यातायातलाई केवल आवतजावतको साधनका रूपमा मात्र नभई अवसर र पहुँचको माध्यमका रूपमा बुझ्नुपर्ने बताइन् नियमित कार्यालय समयबाहेक रातिसम्म काम गर्ने श्रमिक, विद्यार्थी, महिला तथा युवालाई सुरक्षित यातायात सेवाले सहज र सुरक्षित रूपमा घर फर्किने वातावरण बनाउने उनको भनाइ छ । 

    उनले भनिन्, ‘स्थानीय सरकारको मूल दायित्वहरू जे जे छन् त्यसमध्ये एउटा महत्त्वपूर्ण दायित्व स्थानीय यातायात त्यसको विस्तार गर्ने त्यो पनि दिउँसो मात्रै होइन है । अब राति पनि हाम्रा यातायात चल्छ । काठमाडौं उपत्यका दिउँसो मात्र चलायमान छैन अब राति पनि चलायमान हुन्छ । जो कोहीको लागि यो शहरले सम्मानपूर्वक पहुँच योग्य हिसाबले सेवा सुविधा अगाडि बढाइरहेको छ । शहर चलायमान हुनुपर्छ भन्ने कुरामा हामी कसैको पनि दुई मत छैन । काठमाडौं अब दिनमा मात्र हैन राति पनि चलिरहेको छ जुन हामीले वैशाख १ गतेबाट ट्रायल फेजमा बुढानीलकण्ठदेखि ललितपुरको लगनखेलसम्म त्यसैगरी एअरपोर्टदेखि चन्द्रागिरीसम्म जोड्ने हामीले रुट जब तय गर्‍यौँ, त्यसमा पहिलो ९० दिनमा नै ६७ हजार यात्रुहरूले यो सेवा सुविधा लिनुभयो । त्यसले पनि देखाउँछ काठमाडौँ दिनमा मात्र हैन राति पनि चलायमान छ । र हामीले पब्लिक ट्रान्सपोर्टेसनको कुरा गरिरख्दाखेरि पब्लिक ट्रान्सपोर्टेसन भनेको यो बस मात्र हैन है । पब्लिक ट्रान्सपोर्टेसन भनेको अवसर पनि हो । हामीले जो १०–५ काम गर्छौँ उसलाई त्यति धेरै खासै प्रब्लम हुँदैन होला । तर जब सुरक्षित बस चल्छ तब सुरक्षित बस चलिसकेपछि नि एक जना विद्यार्थी घर फर्किने बाटो बन्छ । राति पनि काम गर्नेहरू धेरै जना हुनुहुन्छ । उहाँहरूले श्रमिक वर्गहरूले सुरक्षित महशुस गर्न पाउनुहुन्छ जब हामीले यातायात सेवालाई सुरक्षित बनाउँछौँ र सँगसँगै राति पनि यो सर्भिस लागू गरेसँगै महिला, युवा लगायत हजारौँ नागरिकहरूलाई यसले दिनदिनै हरेक दिन उहाँहरूको सेवा उहाँहरूको कर्मसँग जोडिरहेको हुन्छ र त्यो भने एउटा सिटीसँग मात्र हैन उपत्यकाको हरेक शहरसँग जोडिरहेको हुन्छ ।’

    रात्रिकालीन सार्वजनिक यातायात सेवाले काठमाडौं महानगर मात्र नभई समग्र काठमाडौं उपत्यकाका विभिन्न शहरलाई आपसमा जोड्ने उनको भनाइ छ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार