२०८३, असोज १२ गते

सोमबार, असोज १२ गते २०८३

सोमबार, असोज १२ गते २०८३

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएकोमा एमाले महासचिवको आपत्ति

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएकोमा एमाले महासचिवको आपत्ति

साझा पोष्ट
आइतबार, असोज ११ २०८३
  • images
    images
    पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएकोमा एमाले महासचिवको आपत्ति

    काठमाडौं,असोज ११ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले  बिना कुनै प्रमाण महाराजगञ्जस्थित निवासबाट मध्यराति पक्राउ गरेको भन्दैनेकपा एमालेका महासचिव शंकर पोख्रेलले आपत्ति जनाएका छन् ।


    images

    पोखरेलले जबराको पक्राउ नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोख्रेलले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भन्दै सबैलाई गलत कामको खबरदारी गर्नसमेत आग्रह गरेका छन् । 

    गलत र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको उनले टिप्पणी गरेका छन् ।

    पूर्वप्रधानन्यायाधीश जबरालाई गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो ।

    हालसम्म प्रहरीले उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार