२०८३, असोज १२ गते

सोमबार, असोज १२ गते २०८३

सोमबार, असोज १२ गते २०८३

अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो, नदीमा खतराको तह पार

अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो, नदीमा खतराको तह पार

साझा पोष्ट
आइतबार, असोज ११ २०८३
  • images
    images
    अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो, नदीमा खतराको तह पार

    काठमाडौं, असोज ११ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले गण्डकी प्रदेशुसहित देशभरको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ । बाढीले स्याङ्जा र गुल्मीलाई जोड्ने पक्की पुल बगाएको छ भने प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् ।


    images

    निरन्तरको वर्षाले प्रमुख नदीहरूमा जलसतह खतराको तह पार गरेपछि तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक विपद्को जोखिम उच्च बनेको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालिगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने पक्की पुल बाढीले बगाएको छ । यससँगै पर्वत, म्याग्दी र लमजुङका मुख्य नदीहरूमा जलसतहले खतराको तह पार गरेको छ ।

    विशेषगरी लमजुङको चेपे खोला, पर्वतको कालीगण्डकी नदी र म्याग्दीको नारायणी नदीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।


    सडक सञ्जालतर्फ बेसीशहर–चामे, जोमसोम–कोरला,पोखरा–वागलुङ, बेनी–जोमसोम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर लगायतका मुख्य राजमार्ग र सहायक सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । तनहुँको पृथ्वी राजमार्गको घाँसीकुवा खण्डमा खसेको पहिरो पन्छाउन नेपाली सेनाको कालीभञ्जन गणबाट खटिएको टोलीले प्रयास जारी राखेको छ ।

    सुरक्षा निकायले विपद्को जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी तिब्र पारेको छ । पर्वतको घारखोला क्षेत्रमा बहाव उच्च भएपछि नयाँ रणभीम गुल्मको सुरक्षा पोष्टलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

    त्यस्तै, कास्कीको पञ्चासे, तनहुँको कोटेगाउँ, स्याङ्जाको पञ्चमुल र म्याग्दीको दरबाङ लगायतका क्षेत्रमा वर्षाको मात्रा सतर्कता तहभन्दा माथि पुगेको छ । सम्बन्धित प्रशासनले अत्यावश्यक बाहेकका अवस्थामा यात्रा नगर्न र शतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । –न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार