काठमाडौं, असोज २० । नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार महिलातर्फ उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचिन समितिले जनाएको छ। उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो। तर उनको मात्रै भुसालको उम्मेदवार परेको थियो ।
यसअघि उनी गत पुसमा भएको विशेष महाधिवेशनबाट उपसभापति बनेकी थिइन्।



