२०८३, असोज २३ गते

शुक्रबार, असोज २३ गते २०८३

शुक्रबार, असोज २३ गते २०८३

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त

साझा पोष्ट
शुक्रबार, असोज २३ २०८३
  • images
    images
    सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त

    काठमाडौं । सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरिएको छ ।


    images

    गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहालले आचरणसम्बन्धी नियम बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरेको उल्लेख छ।

    यसअघि सूचना चुहावटको आरोपमा दाहाल असोज १९ गते निलम्बनमा परेका थिए । दाहालमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत समयको निगरानी र सूचना चुहावट गरेको आरोप लागेको थियो । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको मोबाइलको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित सूचना फेला परेको सशस्त्र प्रहरी स्रोतले जनाएको थियो ।

    दाहाल पूर्वप्रधानन्यायाधीश राणाका ज्वाइँ नाता पर्छन् । असोज ११ गते राणा बाँसबारीस्थित निवासबाट पक्राउ परेपछि दाहाल उनलाई हिरासतमा भेट्न पुगेका थिए ।

    संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार