२०८३, असोज २३ गते

शुक्रबार, असोज २३ गते २०८३

शुक्रबार, असोज २३ गते २०८३

परराष्ट्र मन्त्रालयले भन्याे: प्रधानमन्त्रीको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ, मिति तय भइसकेको छैन

परराष्ट्र मन्त्रालयले भन्याे: प्रधानमन्त्रीको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ, मिति तय भइसकेको छैन

साझा पोष्ट
शुक्रबार, असोज २३ २०८३
  • images
    images
    परराष्ट्र मन्त्रालयले  भन्याे:  प्रधानमन्त्रीको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ, मिति तय भइसकेको छैन

    काठमाडौं, असोज २३ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको मिति तय नभइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


    images


    शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्तो जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री साहको उच्चस्तरीय भ्रमणबारे मन्त्रालयले गृहकार्य गरिरहेको पनि जानकारी दिए। 


    उनले भने,  ‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्युको भ्रमण हुने नै छ । उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ । भ्रमणको मिति तय भइरहेको छैन ।  मिति तय भइसकेपछि जानकारी गराउने नै छौँ । ’  


    नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता क्षेत्रीको भनाइ छ । यसअघि नै परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा दुई देशबीचका आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुने गरी एजेण्डा तय गरिरहेको जनाएको छ ।
    परराष्ट्र मन्त्रालयले अन्य उच्चस्तरीय भ्रमणको तयारी र एजेण्डामाथि काम गरिरहेको समेत उनले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार