२०८३, असोज २६ गते

सोमबार, असोज २६ गते २०८३

सोमबार, असोज २६ गते २०८३

महासचिव पोख्रेलसँग मनमुटाव छैनः एमाले अध्यक्ष ओली

महासचिव पोख्रेलसँग मनमुटाव छैनः एमाले अध्यक्ष ओली

साझा पोष्ट
शनिबार, असोज २४ २०८३
  • images
    images
    महासचिव पोख्रेलसँग मनमुटाव छैनः एमाले अध्यक्ष ओली

    काठमाडौं, असोज २४ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने सार्वजनिक चर्चालाई पूर्णतः निराधार भन्दै खारेज गरेका छन् ।


    images


    ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेतृत्व तहमा कुनैपनि प्रकारको मनमुटाव नरहेको स्पष्ट पारेका हुन । पछिल्ला केही दिनयता एमाले वृत्त तथा राजनीतिक वृत्तमा अध्यक्ष ओली र महासचिव पोखरेलबीच असमझदारी बढेको र संवादसमेत टुटेको भन्दै विभिन्न अड्कलबाजीहरू भइरहेका थिए । बैठक कक्षबाट बाहिरिने क्रममा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले ती हल्लाहरूमा ‘रत्तिभर सत्यता नरहेको’ दाबी गरे । महासचिव पोखरेलले अध्यक्षको फोनसमेत नउठाएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा ओलीले व्यङ्ग्यात्मक शैलीमा प्रतिप्रश्न गर्दै त्यस्तो हल्लामा बिल्कुल सत्यता नरहेको बताए ।  


    अध्यक्ष ओलीले भने  ‘ बिल्कुलै सत्यता छैन। उहाँले फोनसमेत उठाउनुभएन भन्नेकुरा पनि सुनियो । तर यस्ता कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउनु उचित हुँदैन । उहाँसँग मेरो कुनै मनमुटाव छैन । फोन उठाउनुभएन भन्ने कुरालाई मात्रै आधार बनाएर सम्बन्धमा समस्या छ भन्न मिल्दैन । राजनीतिक विचार र जिम्मेवारी फरक हुन सक्छन्, तर त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्नु उचित हुँदैन ।’
    अध्यक्ष ओलीले शिर्ष नेतृत्वबीच पार्टी सञ्चालन र नीतिगत विषयमा निरन्तर समन्वय तथा सौहार्दपूर्ण संवाद कायम रहेको उल्लेख गरे । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार