काठमाडौं, असोज २७।नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फ सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, खतिवडा दुई हजार ९१९ र सिवाकोटी दुई हजार १७२ मत प्राप्त गरेर सहमहामन्त्री निर्वाचित भएका हुन्। सहमहामन्त्रीका लागि सात हजार ४५ मत खसेको थियो । कांग्रेसमा खुलाबाट दुई वटा सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ।
खुलातर्फ सहमहामन्त्रीमा नौ जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा डिल्लीराम सुवेदीले एक हजार ८५१, देवेन्द्रराज कँडेलले एक हजार ३८२, राजीव ढुंगानाले एक हजार २४१, विकास कोइरालाले एक हजार १४९, अमृतकुमार अर्यालले एक हजार ३९, रमेशप्रसाद भुसालले ८२१ र विमलराज क्षेत्रीले २८२ मत प्राप्त गरेका छन्।



