२०८३, असोज ३० गते

शुक्रबार, असोज ३० गते २०८३

शुक्रबार, असोज ३० गते २०८३

न्यायाधीश रणबहादुर बम हत्याका दोषी बाबु थापा पेस्तोलसहित पक्राउ

न्यायाधीश रणबहादुर बम हत्याका दोषी बाबु थापा पेस्तोलसहित पक्राउ

साझा पोष्ट
बिहीबार , असोज २९ २०८३
  • images
    images
    न्यायाधीश रणबहादुर बम हत्याका दोषी बाबु थापा पेस्तोलसहित पक्राउ

    काठमाडौं, असोज २९ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई सजाय काटिकारहेका बेला फरार  बाबु थापा सर्लाहीबाट पक्राउ परेका छन् ।


    images

    जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थापालाई प्रहरीले  बागमती नगरपालिका–स्थित मिलनचोकबाट पक्राउ गरेको हो ।

    थापाको साथबाट दुई थान पेस्तोल, तीन म्यागजिन र १५ राउन्ड गोली बरामद भएको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

    थापा २०७१ सालमा पक्राउ परेका थिए । १८ जेठ २०६९ मा ललितपुरको यूएन पार्क क्षेत्रमा गोली हानी न्यायाधीश बमको हत्या गरिएको थियो । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार