२०८३, असोज ३० गते

शुक्रबार, असोज ३० गते २०८३

शुक्रबार, असोज ३० गते २०८३

क्यान सदस्य गुञ्जन शाहलाई राखेपले फिर्ता बोलायो

क्यान सदस्य गुञ्जन शाहलाई राखेपले फिर्ता बोलायो

साझा पोष्ट
बिहीबार , असोज २९ २०८३
  • images
    images
    क्यान सदस्य गुञ्जन शाहलाई राखेपले फिर्ता  बोलायो

    काठमाडौं,असोज २९ ।  राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । बुधबार राखेप सदस्य सचिव स्तरीयनिर्णयमार्फत गुन्जनलाई फिर्ता बोलाइएको हो । १ असोजमा राखेपले गुञ्जनलाई क्यान सदस्य मनोनीत गरेर पठाएको थियो ।


    images

    नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार राखेपले गुन्जनलाई सदस्य मनोनित गरेको थियो ।

    तर, एक महिना बित्न नपाउँदै फिर्ता बोलाएको हो । राखेपले गुन्जनलाई पदबाट फिर्ता बोलाउनुको कारण भने पत्रमा खुलाएको छैन।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार