काठमाडौं, असोज १३ । बाराको सिम्रौनगढ–२ स्थित सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
अमृतगञ्जका ५० वर्षीय जय प्रकाश कुसवाह सोमवार साँझा पेस्तोलसहित पक्राउ परेका हुन् ।
एपीएफ इन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर मल्लको कमाण्डमा खटिएको टोलीले उनका साथबाट पेस्तोल र ५ राउण्ड गोली फेला पारेको हो ।



