२०८३, कात्तिक २ गते

आइतबार, कात्तिक २ गते २०८३

आइतबार, कात्तिक २ गते २०८३

विश्वकप लिग २: क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

विश्वकप लिग २: क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

साझा पोष्ट
शनिबार, कात्तिक १ २०८३
  • images
    images
    विश्वकप लिग २: क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

    काठमाडौं, असोज ३१ । ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाललाई २५७ रनको लक्ष्य दिएको छ ।


    images

    ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा अलआउट हुँदै २५६ रन बनाएको हो । सम्राले ११७ बलमा १०५ रन बनाए ।

    आरोन जोनसनले ३६, हर्ष थाकरले ३४ तथा हम्जा तारिकले ३० रन बनाए। नेपालका ललित राजवंशीले १० ओभरमा ३९ रन दिएर ४ विकेट लिए । सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ र रोहित पौडेलले १ विकेट लिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार