२०८३, कात्तिक १८ गते

मंगलबार, कात्तिक १८ गते २०८३

मंगलबार, कात्तिक १८ गते २०८३

एनपीएल : जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य

एनपीएल : जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य

साझा पोष्ट
आइतबार, कात्तिक १६ २०८३
  • images
    images
    एनपीएल : जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य

    काठमाडौं, कात्तिक १५ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।  कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा जनकपुरले पोखरालाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ ।


    images


    टस हारेर ब्याटिङमा गरेकाे जनकपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन जोड्यो । तृत राज दासले अर्धशतकीय इनिङ्स खेले । उनले ६१ रनको योगदान दिए ।

    यस्तै, अभिषेक तिवारीले नटआउट २४, मोइन अलीले २१ रन, जिमी निशमले ११ जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    बलिङतर्फ पोखराका शकिब अल हसनले तीन तथा चमिका करुणारत्नेले दुई तथा मेहदी हसन र मोहम्मद सैफुद्दिनले एक-एक विकेट लिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार