२०८३, कात्तिक १९ गते

बुधबार, कात्तिक १९ गते २०८३

बुधबार, कात्तिक १९ गते २०८३

पेरिसडाँडाबाट ओलीलाई प्रचण्डको प्रस्तावः अब आवश्यक भैसक्यो, मिलौँ

पेरिसडाँडाबाट ओलीलाई प्रचण्डको प्रस्तावः अब आवश्यक भैसक्यो, मिलौँ

साझा पोष्ट
मंगलबार, कात्तिक १८ २०८३
  • images
    पेरिसडाँडाबाट ओलीलाई प्रचण्डको प्रस्तावः  अब आवश्यक भैसक्यो, मिलौँ
    images

    काठमाडौं, कात्तिक १७ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसहित सबै कम्युनिष्ट घटकहरूलाई एकताका लागि आह्वान गरेका छन् ।


    images


    उमा भुजेल नेतृत्वको नेकपासँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट एकता आजको आवश्यकता बनिसकेको बताए । 

    उनले भने, ‘विगतमा थुप्रै साना ठूला कम्युनिष्ट घटकहरूलाई एकताबद्ध गर्ने पहल गरेका थियौँ, त्यसैको नयाँ कडिको रूपमा आज यो एकता घोषणा भइराखेको छ। यो अन्तिम होइन । हामीले अरू थुप्रैलाई पनि एकताबद्ध गर्न बाँकी छ ।’

    एमालेसहित हिजो माओवादी र एमालेका विभिन्न धारामा रहेका सबै समूहहरूलाई पनि एकताबद्ध गर्ने जिम्मेवारी आफूहरूकै भएको प्रचण्डको भनाइ छ ।

    उनले थपे, ‘माधवजीले केपी ओलीको नाम लिँदा अलिकति के हुने हो भन्नुभयो, मलाई चाहिँ त्यस्तो लागेको छैन । केपी ओली, मोहनविक्रमजी, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत सबै बाँकी कम्युनिष्ट समूहहरूले देशको वस्तुगत आवश्यकता हेरेर एकताबद्ध हुन जरुरी छ ।’
    उनले अहिले देशको अस्तित्व नै संकटको अवस्थामा पुगेको भन्दै यसतर्फ सबैले सोच्नुपर्ने बेला आएको पनि स्पष्ट पारे।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार