२०८३, कात्तिक १९ गते

बुधबार, कात्तिक १९ गते २०८३

बुधबार, कात्तिक १९ गते २०८३

न्यायाधीशमाथिको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे

न्यायाधीशमाथिको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे

साझा पोष्ट
मंगलबार, कात्तिक १८ २०८३
  • images
    न्यायाधीशमाथिको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे
    images

    काठमाडौं, कात्तिक १७ । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सर्वोच्च अदालतका विवादीत न्यायाधीशलाई महाभियोग लगाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपक्षी दलहरुसँग पनि परामर्श गर्नुपर्ने बताएका छन । ।
    मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले रास्वपाले अहिलेसम्म औपचारिक संवाद नगरेको जानकारी आफूलाई नभएको बताए । यस विषयमा सबैभन्दा पहिले सत्ता पक्षले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनको भनाई छ । सत्तापक्ष स्पष्ट भएपछि राजनीतिक दलहरूबीच संवाद र सहमतिका आधारमा निकास खोज्न सकिने उनले बताए । 
    आङ्देम्बेले भने ‘यसको प्रयास सबैभन्दा पहिला सत्ता पक्षले नै गर्नुप¥यो । यसका विषयमा उहाँहरुले संवाद अगाडी बढाउनु भएको छैन । यो विषयमा संवाद भएर नै जाला । यसको थालनी सत्तापक्षले नै गर्नुपर्छ । उहाँहरूले यो विषयमा आफूलाई कसरी प्रस्तुत गराउनुहुन्छ, विषयवस्तुको प्रवेश कसरी गराउनुहुन्छ ? त्यसले पनि यसको निकास कसरी आउँछ भन्ने कुराको निर्धारण गर्छ । उहाँहरूले प्रवेश गराउनासाथ पार्टीहरू बस्नैप¥यो । त्यसले गर्दा उहाँहरू बस्नुहोला । उहाँहरुकै पार्टी र संसदीय दलको बीचको कुरा के हो, त्यही हामीलाई थाहा छैन, तपाईँहरूलाई थाहा छैन ? यसमा लुकाउन पर्ने के छ र ? यो त ओपन सेक्रेट जस्तो छ । पार्टीको कुरा संसद्ले मान्या हो कि होइन ? अब कहाँ चलिरहेको छ, उहाँहरूको संसदीय दल ? सबैभन्दा पहिला उहाँहरू क्लियर भएर उहाँहरूले विषयवस्तुलाई स्पष्टका साथ बाहिर ल्याउनुपर्छ, त्यसपछाडि धारणा त स्वतः बन्छ ।’


    images


    नेकपा एमालेकी उपनेता पद्या अर्यालले सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायालयसँग जोडिएर समाचार सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताइन । तर सार्वजनिक भएका विषयले न्यायालयप्रति जनताको विश्वासमा असर पार्न सक्ने भएकाले निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको उनको भनाई छ । उहाँले न्यायधीश र न्यायलयको सन्र्दभमा न्याय परिषद्, सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) वा संसदको समितिमार्फत छानबिन गर्न सकिने बताइन । महाभियोग प्रस्ताव संसद्मा दर्ता भएको अवस्थामा सभामुखले कार्यव्यवस्था परामर्श समितिसँगको परामर्शमा ११ सदस्यीय छानबिन समिति गठन गर्न सक्ने व्यवस्था नियमावलीमा रहेको उनको भनाई छ । 

    उनले भनिन  ‘प्रधानन्यायाधीश र न्यायाधीशहरुसित जोडिएर जुन खालको विषय सार्वजनिक भएको छ, यो गम्भीर चिन्ताको विषय हो । कुनै तथ्यले पुष्टि ग¥यो भने जनताको जुन न्यायालय प्रतिको भरोसा हो, त्यो भरोसा टुट्ने स्थिति छ । न्यायालयमा किनबेच भयो भने त्यो भन्दा डरलाग्दो कुरा केही पनि हुँदैन । त्यसर्थ हामी निकै गम्भीर छौँ । जुन घटनाक्रमहरु अथवा जुन समाचारहरु बाहिरिएका छन्, त्यो विषयले हामी धेरै गम्भीर नै छौँ । त्यसर्थ बाहिर सार्वजनिक भएका विषयहरुको निष्पक्ष र गहिरो अध्ययनको जरुरी छ, जाँचबुझको जरुरी छ, छानबिनको जरुरी छ । त्यो गर्नको निम्ति न्याय परिषद्ले पनि गर्न सक्छ, सर्वोच्च अदालतको फुलकोर्टले पनि गर्न सक्छ । संसदमा प्रवेश ग¥यो भने संसदले पनि एउटा समितिका माध्यमबाट त्यो गर्न सक्छ । कानुनले पनि ती व्यवस्था गरेका छन् । त्यसैले समाचार आउँदैमा सबै दोषी हुन् भन्ने निष्कर्षमा पनि हामी पुग्न सक्दैनौँ । अब आएका समाचारहरु सबै सत्य हुन्छन् भन्ने पनि हुँदैन । यदि कुनै ढङ्गले कुनै तथ्यले पुष्टि भयो भने साच्चै यो डरलाग्दै कुरा बन्छ । त्यसर्थ पहिलो नम्बरमा छानबिन हुनुपर्छ भन्ने कुरा नेकपा (एमाले) को कुरा हो । होइन, महाभियोग लगाएको अवस्थामा पनि संसदमा महाभियोग दर्ता भइसकेपछि पनि सम्माननीय सभामुख महोदयले कार्यव्यवस्थाको परामर्शमा ११ सदस्यीय त्यसको छानबिन गर्ने समिति बनाउन सक्ने हाम्रो नियमावलीमा प्रबन्ध छ । संसदले पनि छानबिन गर्न सक्छ ।’
    पक्राउ परेका विचौलिया ईनम सापकोटासँग प्रधानन्यायधीश तथा सर्वोच्च अदालतका न्यायधीशसंग सम्पर्क रहेको पाइएपछि महाभियोगको चर्चा चलेको छ । तर यस विषयमा बहुमतको एकल सरकार चलाइरहेको रास्वपाले आधिकारिक धारणा सार्वजानिक गरेको छैन । –न्युज एजेन्सी नेपाल 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार