२०८३, कात्तिक १० गते

सोमबार, कात्तिक १० गते २०८३

सोमबार, कात्तिक १० गते २०८३

सोनम वाङ्चुकको भारत सरकारलाई चेतावनीः शान्तिपूर्ण प्रदर्शन दबाए नेपाल, श्रीलंका र बंगलादेशको जस्तो अवस्था आउन सक्छ

सोनम वाङ्चुकको भारत सरकारलाई चेतावनीः शान्तिपूर्ण प्रदर्शन दबाए नेपाल, श्रीलंका र बंगलादेशको जस्तो अवस्था आउन सक्छ

साझा पोष्ट
आइतबार, कात्तिक ९ २०८३
  • images
    images
    सोनम वाङ्चुकको भारत सरकारलाई चेतावनीः  शान्तिपूर्ण प्रदर्शन दबाए नेपाल, श्रीलंका र बंगलादेशको जस्तो अवस्था आउन सक्छ

    काठमाडौं । लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले  शान्तिपूर्ण प्रदर्शनलाई दबाउने प्रयासले गम्भीर परिणाम निम्त्याउन सक्ने सरकारलाई चेतावनी दिएका छन् । उनले नेपाल, श्रीलंका र बंगलादेशमा भएका आन्दोलनको उदाहरण दिँदै प्रदर्शनकारीको आवाज दबाउनुको सट्टा उनीहरूका माग सुन्न भारत सरकारलाई सुझाव दिएका छन् ।


    images

    मुम्बईमा आयोजित आईपीएफ फेस्टिभलमा बोल्दै वाङ्चुकले शान्तिपूर्ण प्रदर्शनलाई सरकारका लागि जनताको प्रतिक्रिया बुझ्ने माध्यमका रूपमा लिनुपर्ने बताएका इन्डिया टुडेले जनाएको छ ।  वाङ्चुकले शान्तिपूर्ण रूपमा असन्तुष्टि व्यक्त गर्ने अवसर नदिँदा नेपाल, श्रीलंका र बंगलादेशमा देखिएजस्ता परिणाम आउन सक्ने चेतावनी दिएका छन् ।उनको यो अभिव्यक्ति भारतमा प्रदर्शनकारीमाथि सरकारी कारबाही र विरोध प्रदर्शनको अधिकारलाई लिएर बहस भइरहेका बेला आएको हो । 

    उनले बेलायत, नर्वे र स्विडेनजस्ता देशमा संसद् भवनबाहिर प्रदर्शन गर्न पाइने उल्लेख गर्दै भारतमा भने संसद्बाट टाढा प्रदर्शनस्थल तोकिएको बताए । नयाँदिल्लीको जन्तरमन्तर पनि संसद् भवनबाट टाढा रहेको उनको भनाइ थियो ।

    वाङ्चुकले प्रदर्शनलाई सत्ताको केन्द्रबाट टाढा राख्न नहुने तर्क गरे । उनका अनुसार शान्तिपूर्ण प्रदर्शनले नागरिकको असन्तुष्टि बाहिर ल्याउने र सरकारमाथिको दबाबलाई व्यवस्थापन गर्न सहयोग गर्छ ।

     


    वाङ्चुकले नागरिकलाई प्रदर्शन गर्नका लागि अनिवार्य रूपमा पूर्वअनुमति लिनुपर्ने व्यवस्था उचित नभएको बताएका छन् । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार