२०८३, कात्तिक २१ गते

शुक्रबार, कात्तिक २१ गते २०८३

शुक्रबार, कात्तिक २१ गते २०८३

यस्ता छन् नयाँ आईजीपीका प्रतिवद्धता

यस्ता छन् नयाँ आईजीपीका प्रतिवद्धता

साझा पोष्ट
बिहीबार , कात्तिक २० २०८३
  • images
    यस्ता छन् नयाँ आईजीपीका प्रतिवद्धता
    images

    काठमाडौं, कात्तिक १८ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनाेज कुमार केसीले नेपाल प्रहरीलाई अनुशासित, व्यावसायिक, प्रविधिमैत्री र नागरिकमैत्री सङ्गठनका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।


    images


    प्रहरी प्रधान कार्यालयमा बहालीपछि सङ्गठनका अधिकारी तथा प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले प्रहरी सङ्गठनलाई व्यक्ति केन्द्रित नभई प्रणालीमा आधारित बनाएर सञ्चालन गर्ने बताएका हुन् ।

    उनले सरुवा, बढुवा तथा पदस्थापनलाई पारदर्शी, निष्पक्ष र कार्यसम्पादनमा आधारित बनाउने बताउँदै राजनीतिक तथा व्यक्तिगत पहुँच, दबाब र अनुचित प्रभावलाई निरुत्साहित गर्ने स्पष्ट पारे । योग्यता, क्षमता, दक्षता र जिम्मेवारी निर्वाहका आधारमा अवसर प्रदान गरिने उनको भनाइ थियो ।

    सङ्गठनको आन्तरिक अनुशासन र गोपनीयतामा जोड दिँदै उनले अनधिकृत सूचना चुहावट, सङ्गठनको बदनाम हुने गतिविधि तथा गैरव्यावसायिक आचरणप्रति शून्य सहनशीलता अपनाइने बताए ।

    आपराधिक गतिविधिमा सङ्लग्न हुने तथा व्यावसायिक आचरणविपरीत काम गर्ने प्रहरी कर्मचारीमाथि आवश्यक कारबाही गरिने उनले उल्लेख गरे ।

    तल्लो तहका प्रहरी कर्मचारीका गुनासा सम्बोधन गर्न छुट्टै संयन्त्र स्थापना गर्ने पनि उनले बताए । प्रहरी जवान तथा हवल्दारका समस्या सुन्ने र समाधान गर्ने व्यवस्था मिलाइने जनाउँदै उनले चेन अफ कमान्ड प्रभावकारी राख्दै कर्मचारीको मनोबल, कल्याण, सेवा–सुविधा र कार्यवातावरण सुधारमा जोड दिए ।

    नागरिक सेवातर्फ प्रहरीलाई सम्मानजनक, निष्पक्ष र उत्तरदायी बनाउन निर्देशन दिँदै उनले अपराध नियन्त्रणमा कठोर तथा सर्वसाधारण नागरिकप्रति मर्यादित व्यवहार गर्नुपर्ने बताए । सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने उनको प्राथमिकता छ ।

    प्रहरीको अनुसन्धान क्षमता, प्रविधिको प्रयोग र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने योजना पनि उनले अघि सारेका छन् । वैदेशिक तालिमका अवसरलाई आवश्यकतामा आधारित र व्यवस्थित बनाउने तथा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने उनको भनाइ छ ।

    सरकार तथा गृह मन्त्रालयसँगको समन्वयबारे उनले नेपाल सरकार र गृह मन्त्रालयको नीति तथा निर्देशनअनुसार सङ्गठन सञ्चालन गरिने बताए ।

    साथै प्रहरीको कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण र अनुमानयोग्य वृत्ति विकास प्रणालीका लागि आवश्यक नीतिगत, कानुनी तथा स्रोतसाधनसम्बन्धी पहल गरिने उनले उल्लेख गरे ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार