२०८३, कात्तिक २० गते

बिहीबार , कात्तिक २० गते २०८३

बिहीबार , कात्तिक २० गते २०८३

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनअघि स्टेशनको पूर्वाधार सुधार गर्न माग

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनअघि स्टेशनको पूर्वाधार सुधार गर्न माग

साझा पोष्ट
बिहीबार , कात्तिक २० २०८३
  • images
    जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनअघि स्टेशनको पूर्वाधार सुधार गर्न माग
    images

     जनकपुरधाम, कात्तिक १९ । जनसरोकार अभियानले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालन गर्ने तयारी भइरहेको समयमा जनकपुरधामस्थित रेल्वे स्टेशनको भौतिक पूर्वाधार तथा यात्रु सुविधामा सुधार गर्न माग गरेको छ । 


    images


    जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनी जनकपुरधामलाई ज्ञापनपत्र बुझाउँदै स्टेशनको सरसफाइ, खानेपानी, शौचालय, प्रतीक्षालय लगायतका आधारभूत सुविधा व्यवस्थित गर्न माग गरेको हो ।

    अभियानका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा पुगेको अभियानको टोलीले ज्ञापनपत्र बुझाउँदै रेल चढ्ने र ओर्लिने यात्रुको सहज व्यवस्थापन गर्नुपर्ने, बिग्रिएका भौतिक संरचना तथा विद्युतीय उपकरण मर्मतसम्भार गर्नुपर्ने, रेल्वे परिसरभित्रका खाली जग्गालाई व्यवस्थित पार्क तथा बगैँचाका रूपमा विकास गर्न, निर्माण सम्पन्न भएका दैनिक हाटबजारका सटर तथा भवन सञ्चालनमा ल्याउन र रेल्वे क्रसिङमा हुने दुर्घटनाको जोखिम न्युनिकरण गर्न सडक मर्मत तथा छेकबारको उचित व्यवस्था गर्न माग गरेको हो । 


    अभियानले बुझाएको ज्ञापन पत्र बुझ्दै नेपाल रेल्वेका प्रवन्ध सञ्चालक परिवेश पराजुलीले जनकपुरधामका लागि जानकी मन्दिर जस्तै रेल्वे पनि पहिचान रहेकाले यसको संरक्षणकालागि सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए । उनले यसकालागि आफूहरु तयार रहेको समेत बताए ।
    नेपाल र भारतबीचको सहकार्यमा अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवा सञ्चालन गर्ने योजना अघि बढिरहेको सन्दर्भमा यात्रुले भोग्न सक्ने समस्या समयमै समाधान गर्न अभियानले आग्रह गरेको हो । –न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार