२०८३, मंसिर १ गते

सोमबार, मंसिर १ गते २०८३

सोमबार, मंसिर १ गते २०८३

रास्वपा महामन्त्री आचार्यको दाबी: प्रधानमन्त्री र सभापतिबिच कुनै मतभेद छैन

रास्वपा महामन्त्री आचार्यको दाबी: प्रधानमन्त्री र सभापतिबिच कुनै मतभेद छैन

साझा पोष्ट
आइतबार, कात्तिक ३० २०८३
  • images
    रास्वपा महामन्त्री आचार्यको दाबी: प्रधानमन्त्री र सभापतिबिच कुनै मतभेद छैन
    images

    काठमाडौं, कात्तिक २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री र पार्टी सभापतिबिच कुनै मतभेद नरहेको प्रष्टिकरण दिएका छन । आइतबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री आचार्यले पार्टी र सरकार एउटै ‘फेज’ मा अगाडि बढिरहेको दाबी गरेका हुन् । 


    images

     आचार्यले सभापति र प्रधानमन्त्रीको विषयमा साझा सुझाव आएको रदुई जनाबिच हिजो पनि मतभेद नरहेको र आज पनि नरहेको बताए । उनले तथ्यमा टेकेर सांसदहरूले राखेका विषयमा समेत कुनै मतभेद नरहेको दाबी गरे ।  पार्टी र सरकार एउटै लय र चरणमा रहेको उनले दाबी गरे । 

    सरकार रास्वपाकै भएको बताउँदै महामन्त्री आचार्यले पार्टी र सरकारबीच एकअर्कालाई सचेत गराउने विषय स्वाभाविक भएको धारणा राखे । उनले भने, ‘सरकार रास्वपाकै हो । सरकारले बाटो बिरायो भने पार्टीले प्रश्न गर्छ । पार्टीले बाटो बिरायो भने सरकारबाट पनि प्रश्न उठ्न सक्छ ।’

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार