२०८३, मंसिर ५ गते

शुक्रबार, मंसिर ५ गते २०८३

शुक्रबार, मंसिर ५ गते २०८३

दशौं राष्ट्रिय खेलकुद मंसिर ८ देखि शुरु हुने,३२ खेलमा प्रतिस्पर्धा

दशौं राष्ट्रिय खेलकुद मंसिर ८ देखि शुरु हुने,३२ खेलमा प्रतिस्पर्धा

साझा पोष्ट
बिहीबार , मंसिर ४ २०८३
  • images
    दशौं राष्ट्रिय खेलकुद मंसिर ८ देखि शुरु हुने,३२ खेलमा प्रतिस्पर्धा
    images

    काठमाडौं, मंसिर ३ । कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर ८ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज पत्रकार सम्मेलनमा याे जानकारी दिएको हाे । प्रतियोगिताको समापन मंसिर २७ गते सोही रंगशालामा हुनेछ। उद्घाटनअघि १० खेल सञ्चालन हुनेछन् ।


    images

    प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र एनआरएनए गरी ११ टोलीले सहभागिता जनाउनेछन्।

    दसौं राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन्। प्रत्येक टोलीबाट ३ सय ९४ महिला र ३ सय ४६ पुरुष गरी कुल ७ सय ४० खेलाडी सहभागी हुनेछन्। त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन्।

    प्रतियोगिताका खेल सात जिल्लामा सञ्चालन हुनेछन्। सुर्खेतमा सर्वाधिक २३ खेल आयोजना हुँदा नेपालगन्ज, बर्दिया र सल्यानमा समान २ तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा समान १ खेल हुनेछ।

    प्रतियोगितामा ३ सय ८४ स्वर्ण, ३ सय ८४ रजत र ५ सय ६९ कांस्य गरी कुल १ हजार ३ सय ३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

    राखेपले यसपटक व्यक्तिगत र टिम स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ। व्यक्तिगततर्फ स्वर्ण जित्नेले २० हजार, रजतले १५ हजार र कांस्यले ८ हजार रुपैयाँ पाउनेछन्। टिम स्पर्धातर्फ स्वर्ण पदक विजेताले १५ हजार, रजतले १० हजार र कांस्यले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

    रजत र कांस्य पदक विजेतालाई समेत नगद पुरस्कार प्रदान गर्न लागिएको यो पहिलो पटक हो। प्रतियोगिताका लागि २ सय ५८ अन्तर्राष्ट्रिय र ७ सय ७२ राष्ट्रिय गरी १ हजार ३० निर्णायक रहनेछन्। त्यस्तै, ३ सय ४९ स्थानीय सहयोगी र खेल संघका ९६ प्रतिनिधि पनि प्रतियोगितामा परिचालित हुने राखेपले जनाएको छ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार