२०८३, मंसिर ५ गते

शुक्रबार, मंसिर ५ गते २०८३

शुक्रबार, मंसिर ५ गते २०८३

चितवनलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा, उपाधिका लागि फेरि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा, उपाधिका लागि फेरि लुम्बिनीसँग भिड्ने

सुदूरपश्चिमको जितमा थरिन्दु बने नायक

साझा पोष्ट
बिहीबार , मंसिर ४ २०८३
  • images
    चितवनलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा, उपाधिका लागि फेरि लुम्बिनीसँग भिड्ने
    images

    काठमाडौं, मंसिर ३ । चितवन राइनोजलाई   तीनविकेटले हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा अब सुदूरपश्चिमले शनिवार लुम्बिनी लायन्सको सामना गर्नेछ ।  सुदूरपश्चिमले लगातार तेस्रो संस्करणमा पनि फाइनल स्थान बनाएको हो ।


    images

    कीर्तिपुरमा चितवनले दिएको १ सय ३४ रनको लक्ष्य सुदूरपश्चिमले ७ विकेटको क्षतिमा एक बल बाँक छँदै पुरा गर्यो । उसका लागि थरिन्दु रत्नायकेले अर्धशतकीय योगदान दिँदै जितमा नायक बने ।

    उनी ५३ रनमा नटआउट रहे । उनले ४२ बल खेल्दै ७ चौका प्रहार गरे । थरिन्दुले ५३ रन बनाउनुका साथै २ विकेट पनि लिए । आक्रमक ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले १३ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २३ रन जोडे ।

    उसका लागि डेविड मलानले सर्वाधिक नटआउट ७१ रन बनाए । ५१ बल खेलेका मलानले ९ चौका र २ छक्का हाने । 


    यस्तै सलाउद्दीन खानले १८ र कमलसिंह ऐरीले १० रनको योगदान गरे । अरु कुनैपनि ब्याटरले दोहोरा अंकमा रन बनाउन सकेनन् । चितवनले १४ अतिरिक्त रन पायो । 


    सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले ३, थरिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, इशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार