२०८३, मंसिर ५ गते

शुक्रबार, मंसिर ५ गते २०८३

शुक्रबार, मंसिर ५ गते २०८३

डेविड मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १ सय ३४ रनको लक्ष्य

डेविड मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १ सय ३४ रनको लक्ष्य

साझा पोष्ट
बिहीबार , मंसिर ४ २०८३
  • images
    डेविड मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १ सय ३४ रनको लक्ष्य
    images

    काठमाडौं, मंसिर ३ ।  नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।


    images

    कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८  विकेट गुमाउँदै १ सय ३३ रन बनायो । उसका लागि डेविड मलानले सर्वाधिक नटआउट ७१ रन बनाए । ५१ बल खेलेका मलानले ९ चौका र २ छक्का हाने । 


    यस्तै सलाउद्दीन खानले १८ र कमलसिंह ऐरीले १० रनको योगदान गरे । अरु कुनैपनि ब्याटरले दोहोरा अंकमा रन बनाउन सकेनन् । चितवनले १४ अतिरिक्त रन पायो । 


    सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले ३, थरिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, इशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । लक्ष्य पछ्याउँदै केहीबेरमा सुदूरपश्चिमले ब्याटिङ गर्नेछ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार