२०८३, मंसिर १४ गते

आइतबार, मंसिर १४ गते २०८३

आइतबार, मंसिर १४ गते २०८३

कम्युनिष्ट एकताको प्रयास जारी छ, एमाले र मसालसँग पनि छलफल भइरहेको छः प्रचण्ड

कम्युनिष्ट एकताको प्रयास जारी छ, एमाले र मसालसँग पनि छलफल भइरहेको छः प्रचण्ड

साझा पोष्ट
शनिबार, मंसिर १३ २०८३
  • images
    कम्युनिष्ट एकताको प्रयास जारी छ, एमाले र मसालसँग पनि छलफल भइरहेको छः प्रचण्ड
    images

    काठमाडौं, मंसिर १२  । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग संयुक्त मोर्चा निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् ।


    images

    शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्यका लागि छलफल अघि बढाइएको बताएका हुन् ।

    उनले विभिन्न राजनीतिक शक्तिबीच सकारात्मक र रचनात्मक संवाद भइरहेको तथा त्यसमा आशाप्रद प्रगति देखिएको बताए । देशभरबाट सामूहिक पहल गर्न सके संविधान निर्माण र शान्ति प्रक्रियाका सहयात्री शक्तिहरूबीच पनि संयुक्त मोर्चा बनाउन सकिने उनको विश्वास छ ।

    उनले भने, ‘आज देशमा देखापरेको राजनीतिक संकटलाई हेर्दा यत्तिले पनि पुग्दैन भनेर हामीले शान्ति सम्झौता, संविधानसभाका सहयात्रीसँग पनि मोर्चा बनाउने कुरालाई त्यत्तिकै महत्त्व दिएर छलफल गरिरहेका छौँ । त्यो छलफल पनि सकारात्मक ढंगले, रचनात्मक ढंगले अघि बढाएका छौँ । त्यसमा आशाप्रद प्रगति हुँदैछ ।’

    प्रचण्डले शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिताका पक्षधर सबै शक्तिलाई सहकार्यका लागि संवादमा आउन अपिल गरे ।

    ‘शान्तिका पक्षधर, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीका पक्षधर, एकताका पक्षधर सबै सहयात्रीसँग सहकार्य गर्ने उद्देश्यका साथ सकारात्मक ढंगले वार्ता र संवादतर्फ अघि बढ्न अपिल गर्न चाहन्छु । हामी सबैले देशभरबाट पहल गर्दा हामी त्यसमा पनि एउटा मोर्चा बनाउन सफल हुनेछौँ,’ उनले भने ।

    यसैगरी, प्रचण्डले अन्तर्राष्ट्रिय शक्तिसँगको संवाद र सम्बन्ध विस्तारमा विगतमा आफूहरूबाट कमजोरी भएको महसुस गरेको बताएका छन् । अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै नेपालले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

    दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय संरचना र मान्यताहरू विघटन हुँदै गएको उल्लेख गर्दै उनले नयाँ मान्यता र संरचना निर्माणका लागि विश्वमा ध्रुवीकरणको लहर चलिरहेको बताए ।

    अन्तर्राष्ट्रिय शक्तिसँग संवाद र सम्बन्ध विस्तारमा विगतमा कमजोरी भएको महसुस गरेर आफूहरूले अन्तर्राष्ट्रिय भूमिकालाई निरन्तर अघि बढाइरहेको पनि उनले बताए ।

    विश्व राजनीतिमा देखिएको परिवर्तनलाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै प्रचण्डले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिअनुसार नेपालले पनि आफ्नो कूटनीतिक तथा राजनीतिक भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार