२०८३, मंसिर १४ गते

आइतबार, मंसिर १४ गते २०८३

आइतबार, मंसिर १४ गते २०८३

काम नगर्ने ठेकेदारलाई जेलमा राख्न चितवनका सीडीओलाई मन्त्री लम्सालको निर्देशन

काम नगर्ने ठेकेदारलाई जेलमा राख्न चितवनका सीडीओलाई मन्त्री लम्सालको निर्देशन

साझा पोष्ट
शनिबार, मंसिर १३ २०८३
  • images
    काम नगर्ने ठेकेदारलाई जेलमा राख्न चितवनका सीडीओलाई मन्त्री लम्सालको निर्देशन
    images

    काठमाडौं, मंसिर १२ । पूर्वाधार विकास मन्त्री सूनील लम्सालले काम नगर्ने ठेकेदारलाई जेलमा राख्न चितवनका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।


    images

    शनिबार चितवनस्थित नारायणी नदीमा प्रस्तावित सिग्नेचर पुल निर्माणस्थलको अनुगमन गर्न गएका मन्त्री लम्सालले चितवनका प्रमुख जिल्ला अधिकारीलाई यस्तो निर्देशन दिएका हुन्। 

     पुल निर्माण गर्न जिम्मा लिएको निर्माण कम्पनीप्रति असन्तुष्टि जनाउँदै राम्रोसँग काम नगरेसम्म जेलमा राख्नुपर्ने बताए। नारायणी नदीमा प्रस्तावित सिग्नेचर पुल निर्माणको काम अगाडि नबढेपछि मन्त्री लम्सालले ठेक्का तोड्ने चेतावनीसमेत दिए।  अरु ठाउँमा पनि ती ठेकेदारकाे समस्या रहेकाे उनले बताए । 

    ‘सीडीओ साव यो कन्ट्रयाक्टरलाई, यसले जबसम्म राम्रोसँग काम गर्दैन नि, तबसम्म त्यसलाई जेलमै राखौँ क्या यस्तो फटाहाहरूलाई छोडेर हुन्छ?’ ’ मन्त्री लम्सालले भने, ‘यो ठेकेदारले देशभरीका प्रोजेक्ट यस्तै बनाएर राखेको छ, एकसर्टमा सबै टर्मिनेट गरिदिने हो, यस्ताले देशलाई नै क्रोनिक बनाउँछन्। अर्कोपटक आउँदा कि तालिकामा काम हुनुपर्‍यो या ठेक्का तोडेको हुनुपर्छ।’
    पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको देशभरीका प्रोजेक्टको प्रगति विवरण तयार गर्न पनि निर्देशन दिए ।

    पुल निर्माणको ठेक्का तुन्दी कन्स्ट्रक्सनले लिएको छ। तुन्दी कन्स्ट्रक्सन प्रालिले मूल्यअभिवृद्धि करसहित एक अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ रुपैयाँमा पाएको हो।

    चार वर्ष भित्र निर्माण सक्नेगरी पुल निर्माणका लागि सो कम्पनीसँग सन् २०२३ जुन २ (२०८० साल जेठ १९ गते) मा सम्झौता भएको थियो। तुन्दीले डिजाइन एन्ड विल्डको आधारमा ठेक्का लिएको थियो। जसको म्याद सकिन अब ६ महिना मात्र बाँकी छ।

    आगामी जेठमा निर्माणको म्याद सकिँदै छ। तर, अहिलेसम्म पुल निर्माणको कामले गति लिन सकेको छैन। हालसम्म ३ प्रतिशत मात्रै निर्माण प्रगती भएको बताइएको छ।

    भोटेकोसी र बुढीगण्डकी नदीमा बाढी आएपछि पुलको काम रोकिएको हो।

    नारायणी नदीमाथि निर्माण हुने यो पुल ४ सय २० मिटर लामो हुनेछ। नयाँ बन्ने सिग्नेचर पुल साढे सात मिटर फराकिलो हुनेछ। त्यसमा दुईवटा लेन र साढे तीन मिटरको फुटपाथ हुनेछ।

    सिग्नेचर बिज्र भएको हुनाले दुई छेउमा मुख्य आकर्षक दुई पिलर रहनेछन्। दुई पिलरबीच २१० मिटरको दूरी हुनेछ।

    जम्मा चार वटा पिल्लर रहने यस पुलको तलबाट साना पानीजहाज आवतजावत गर्न मिल्ने गरी डिजाइन तयार थियो।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार