आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

सुकुम्बासीका पीडाः हिउँदमा ढल, वर्षामा बाढी (फोटोफिचर)

सुकुम्बासीका पीडाः हिउँदमा ढल, वर्षामा बाढी (फोटोफिचर)

साझा पोष्ट
शुक्रबार, असार ३१ २०७९
  • images
    सुकुम्बासीका पीडाः हिउँदमा ढल, वर्षामा बाढी (फोटोफिचर)
    images
    काठमाडौं । राजधानीको वागमती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खालि जमिनमा हजारौं टहरा बनाएर घरबिहीनहरु बस्दै आएका छन । नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन । वर्षा याममा नदि पस्ने त्रासले रातभर अनिदो बस्छन सुकुम्बासीहरु । अहिले वर्षायाम छ । नदीमा पानीको बहाव झनै उच्च हुन्छ । नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तो हुँदैन । वर्षायाम अरु समय भन्दा चिन्ताको विषय बन्छ सुकुम्वासीहरुलाई । [caption id="attachment_325890" align="alignnone" width="900"] काठमाडौंको थालाथली बस्ती ।[/caption] हिउँदामा ढल गन्हाएर त्यस्तै हैरान बनाउँछ । सुकुम्बासीलाई व्यवस्थित गरेर राख्न नसक्दा उनीहरुले दुःख त पाएका छन नै सरकारको पनि खिल्ली उडने गरेको छ । सरकारले ढल, फोहोर लगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या परेको छ । बहाव क्षेत्रमा पर्खाल लगाउन पनि बस्ती व्यवस्थित नगरी सहज छैन । [caption id="attachment_325892" align="alignnone" width="900"] काठमाडौंको सिनामंगल वागमती बस्तीछेउ रहेको बस्ती ।[/caption] सुकुम्बासी बस्ती छेउका सडकहरु हिलाम्मे छन । वरपर वन, बुट्यान र झाडी रहेकाले सर्प लगायतको त्रास पनि त्यत्तिकै छ । स–साना झुपडी र टहराबाट वर्षौंअघि शुरु भएको यहाँको बस्ती आजकल धेरै ठाँउमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ । कतिपय ठाँउमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाउने प्रचलन पनि शुरु भइसकेको छ । [caption id="attachment_325893" align="alignnone" width="900"] सिनामंगलको वागमती किनारमा रहेको बस्ती ।[/caption] सरकारले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनका लागि आयोग नै बनाएर काम शुरु गरेसँगै धेरै घरबिहीनहरु खुशी छन । तर सरकारले सुकुम्वासीहरुलाई व्यवस्थित गर्न नसक्दा कहिले ठाउँ छोडेर हिँडनुपर्छ भन्ने चिन्ता पनि त्यत्तिकै छ । कहीँकतै घर नहुने र लामो समयदेखि झुपडीमा वास बस्ने बेसहाराहरुका लागि पछिल्लो समय सुकुम्वासी बस्ती आशाको सञ्चार भएको छ । [caption id="attachment_325894" align="alignnone" width="900"] काठमाडौंको जडिबुटी बसेको सुकुम्बासीको नयाँ बस्ती ।[/caption] [caption id="attachment_325895" align="alignnone" width="900"] राजधानीको गैरीगाँउ नजिक रहेको बस्ती र अस्तव्यस्त सडक ।[/caption] [caption id="attachment_325896" align="alignnone" width="900"] काठमाडौंको थालाथली बस्ती ।[/caption] [caption id="attachment_325897" align="alignnone" width="900"] काठमाडौंको टेकुस्थित वागमती किनारमा सुकुम्बासी बस्तीमा बनाइएको पक्की घर । यहाँ एउटा सटरको रु.१० हजारदेखि १५ हजारसम्म लिएर भाडा लगाइन्छ ।[/caption]   [caption id="attachment_325898" align="alignnone" width="900"] सिनामंगलको वागमती कोरिडोरमा रहेको बस्ती ।[/caption] [caption id="attachment_325900" align="alignnone" width="900"] भक्तपुरको मनहरामा रहेको बस्ती यहाँ झण्डै १ हजार १ सय घर टहरा रहेका छन् ।[/caption] शब्द/तस्बिरः न्यूज एजेन्सी नेपाल

    प्रतिक्रिया हरु
    थप समाचार