शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

भारतबाट मुल्य घटेर आएपनि आयल निगमले समायोजन नगर्ने

भारतबाट मुल्य घटेर आएपनि आयल निगमले समायोजन नगर्ने

साझा पोष्ट
आइतबार, साउन १ २०७९
  • images
    भारतबाट मुल्य घटेर आएपनि आयल निगमले समायोजन नगर्ने
    images
    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि नेपालमा पनि प्रभाव परेको छ । भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगमले नेपाली बजारमा भने तत्काल मुल्य नघटाउने भएको छ । यसअघिको नोक्सानी पूर्ति भएपछि मात्रै मुल्य घटाउने निगमका अधिकारीले बताएका छन् । निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा छ । यो मुल्य करिब १२५ ब्यारेलसम्म पुगेको थियो । अब अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै जाने अनुमान गरिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार