शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

आगामी तीन महिना १४ प्रतिशतले मूल्यवृद्धि हुने राष्ट्र बैंकको सर्वेक्षण

आगामी तीन महिना १४ प्रतिशतले मूल्यवृद्धि हुने राष्ट्र बैंकको सर्वेक्षण

साझा पोष्ट
सोमबार, साउन ९ २०७९
  • images
    आगामी तीन महिना १४ प्रतिशतले मूल्यवृद्धि हुने राष्ट्र बैंकको सर्वेक्षण
    images
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी दिनमा मूल्यवृद्धि अझै उच्च हुने सर्वेक्षण गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने देखाएको हो । आगमी तीन महिना १४ प्रतिशतले मूल्य बृद्धि हुने अनुमान गरिएको छ । सर्वेक्षण अनुसार उपभोक्ताले अहिलेको मुद्रास्फीति पनि १४ प्रतिशत रहेको महसुस गरेका छन् । सर्वेक्षणमा सहभागीहरुलमध्ये ९४.७ प्रतिशतले आगामी तीन महिनासम्म मूल्य बढ्ने बताएका छन् । जसमध्ये २७.४ प्रतिशतले आगामी तीन महिना मूल्यवृद्धि अहिलेको भन्दा उच्च हुने बताएका छन् । त्यस्तै ४२.३ प्रतिशतले अहिलेको दरमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् भने २४.९ प्रतिशतले मात्रै अहिलेको भन्दा मूल्यवृद्धि कम हुने बताएका छन् । २०७७ असार २० देखि २७ मा २८ सहरका ३१ बजार क्षेत्रका १ हजार १४१ शहरी व्यक्तिहरूको प्रतिक्रिया आधारमा उक्त सर्वेक्षण तयार गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले जेठ २०७९ को वार्षिक उपभोक्ता मुद्रास्फीति ८।५६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको थियो । तर, राष्ट्र बैंककै सर्वेक्षणले भने असारमा उपभोक्ताले १४ प्रतिशतले मूल्यवृद्धि भएको महसुस गरेको उल्लेख छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार