शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना हुँदा दुई डीएसपीसहित ५ जना घाइते

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना हुँदा दुई डीएसपीसहित ५ जना घाइते

साझा पोष्ट
शनिबार, साउन २८ २०७९
  • images
    रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना हुँदा दुई डीएसपीसहित ५ जना घाइते
    images
    काठमाडौं । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी घाईते भएका हुन । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार