शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

वरिष्ठ पत्रकार बसन्त पोख्रेलको निधन

वरिष्ठ पत्रकार बसन्त पोख्रेलको निधन

साझा पोष्ट
मंगलबार, साउन ३१ २०७९
  • images
    वरिष्ठ पत्रकार बसन्त पोख्रेलको निधन
    images
    बुटवल । वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी बसन्त पोख्रेलको ६८ वर्षको उमेरमा निधन भएको छ । बुटवल उपमहानगरपालिका वडानंबर १३ बेलबासस्थित निवासमै पोख्रेलको मंगलवार विहान निधन भएको हो । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित पोख्रेल केही दिन अघि घरमै लडेर आराम गरिरहेका थिए । २०११ साल भदौ ५ गते प्यूठानको दाखाक्वाडीमा जन्मेका पोख्रेलले २०३५ सालदेखि पत्रकारिता थालेका थिए र उनी अहिले बुटवल टूडे दैनिकका सल्लाहकार सम्पादक थिए । उनी बुटवल टूडेको स्थापनाकालका सम्पादक थिए । श्रमजीवी जनता र परिवर्तनको पक्षमा कलम चलाउने पोख्रेलले विचार, लुम्बिनी दूत, दैनिक निर्णय, दैनिक लुम्बिनी, दैनिक जनसंघर्ष, दैनिक पत्र, नयाँ दिशा दैनिक, जनादेश, ज्वाला साप्ताहिक, सूचना, लालकलम लगायतका पत्रिकामा संवाददातादेखि सम्पादक भएर काम गरेका थिए । जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय पत्रकारिता गरेका पोख्रेलले खरो राजनीतिक टिप्पणी सहित साहित्यमा पनि कलम चलाउँदै आएका थिए । उनी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपसभापति पनि हुन । यसैबीच नेपाल पत्रकार महासंघ रुपन्देहीले पोख्रेलको निधनबाट ठूलो क्षति भएको जनाउँदै श्रद्धाञ्जलि दिएको छ । पोख्रेलको आजै अन्त्येष्टि गरिएको छ । पोख्रेलका श्रीमती, दुई छोरा एक छोरी छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार