शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

दीपाको जन्मदिनमा दीपकको भावुक शुभकामना : तिम्रो जन्मदिन तिम्रो हैन, मेरो जस्तो लाग्छ

दीपाको जन्मदिनमा दीपकको भावुक शुभकामना : तिम्रो जन्मदिन तिम्रो हैन, मेरो जस्तो लाग्छ

साझा पोष्ट
मंगलबार, भदौ ७ २०७९
  • images
    दीपाको जन्मदिनमा दीपकको भावुक शुभकामना : तिम्रो जन्मदिन तिम्रो हैन, मेरो जस्तो लाग्छ
    images
    काठमाडौं । अभिनेत्री एवं निर्देशक दीपा श्री निरौलाको जन्मदिनमा उनका सहयात्री अभिनेता दिपकराज गिरीले भावुक स्ट्याटस सहित शुभकामना दिएका छन् । लयात्मक शैलीमा लामो स्ट्याटस मार्फत दिपकले दीपालाई शुभकामना दिएका हुन् ।
    आफुहरुको सहयात्राले ३० वर्ष पुरा गरेकोमा खुशी व्यक्त समेत व्यक्त गर्दै दिपकले भनेका छन्, ‘ म जस्तो अव्यवहारिक मान्छेलाई जीवन सिकाउने तिमी नै थियौै ।’
    समाजका तिता प्रश्नहरु झेलेर गरेर आफुलाई साथ दिएको दिपकको भनाइ छ ।
    हेर्नुहोस दिपकको स्ट्याटस :
    हरेक वर्षझै आजको दिन मलाइ कसैसँग शब्दहरू सापटी माग्न मन लाग्छ किनकि मेरा स्मरणमा रहेका शब्दहरूले तिम्रो गुणगानको भारी बोक्न सक्दैनन् ! मेरा हातमा रहेका हरेक उपलब्धिहरूमा तिम्रो नाम जो कुंदिएको छ हेर्दा हेर्दै अब त ३० बर्ष पनि बितेछ ! तिमि धनियॉ बनेर आएकि थियौ र त रामबिलास घर घरमा चर्चित बन्न पुगेको थियो ! टेलिभिजनको सानो पर्दा हूदै सिनेमा सम्मको कठिन यात्रामा तिमि थियौ! म जस्तो अव्यवहारिक मानिसलाइ जीवन सिकाउने तिमि नै थियौ आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुशि हुने मान्छे पनि तिमि थियौ !! समाजका तीता प्रश्नहरूको पिडालाइ झेलेर लगातार साथ दिने पनि त तिमि नै थियौ !! यो तिमि भन्ने शब्द नभाको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र? त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन , मेरो जस्तो लाग्छ ह्याप्पी बर्थ डे टू यू होइन टू मी भन्न मन लाग्छ … आफ्नो आँखामा आँसुको भारी बोकेर अरूको आँसु पुछ्ने यस्तो अनमोल साथिलाइ जन्मदिनको लाखौ शुभकामना!!!

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार