शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

जुरीको मुल्यांकनमा बन्यो उत्कृष्ट ‘रित्तो गाउँ’

जुरीको मुल्यांकनमा बन्यो उत्कृष्ट ‘रित्तो गाउँ’

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    जुरीको मुल्यांकनमा बन्यो उत्कृष्ट ‘रित्तो गाउँ’
    images

    काठमाडौं – शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘रित्तो गाउँ’ले उत्कृष्ट सर्ट फिल्म जुरी मेन्सन अवार्ड जितेको छ । 


    images
    images

    कलरिस्ट राजेन्द्र मोक्तानले रित्तो गाउँको प्रतिनिधित्व गर्दै अवार्ड ग्रहण गरे । अवार्ड कार्यक्रममा जुरी प्रमुख दयाराम दाहालले  फिल्म र निर्देशक रामजी ज्ञवालीको खुलेरै प्रशंसा गरे । देशको समसामयिक परिस्थितिमा निर्माण भएको यस फिल्मले जुरीको मात्रै होइन, उपस्थित २ हजार दर्शकको समेत मन जित्यो ।

    महोत्सवका क्रममा रित्तो गाउँको दोस्रो भाग मात्रै देखाइएको थियो । पुर्ण फिल्म भने काठमाडौंमा आगामी बैशाख–१४ गते हुने विशेष शो मार्फत देखाउने निर्माण टिमको तयारी छ । त्रिभुवन विश्वविद्यालय र आनन्दराज प्रोडक्सनले संयुक्त रुपमा गरेको रिसर्चमा यो फिल्म निर्माण भएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार