शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

चलचित्र 'महाजात्रा'को ट्रेलर सार्वजनिक

चलचित्र 'महाजात्रा'को ट्रेलर सार्वजनिक

साझा पोष्ट
सोमबार, फागुन २१ २०८०
  • images
    चलचित्र 'महाजात्रा'को ट्रेलर सार्वजनिक
    images

    काठमाडौं । नेपाली चलचित्र महाजात्राको ट्रेलर सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । उक्त कार्यक्रममा  निर्देशक प्रदीप भट्टराईले  पैसा र शक्तिले अहिलेको युवा पुस्तालाई दुरुपयोग गरिरहेको कुरालाई चलचित्रमार्फत समाजमा देखाउनुपर्छ भन्ने उद्देश्यबाट महाजात्रा बनाएको बताए । उनले युवालाई दुरुपयोग गर्न हुँदैन भन्ने हेतुले फिल्म बनाइएको बताए ।


    images
    images

    त्यस्तै कलाकार हरिवंश आचार्यले चलचित्रका मुख्य गहना भनेको चलचित्रका पात्रहरु रहेको बताए । उनले महाजात्रामा आफूले अभिनय गर्न पाएकोमा खुशी लागेको बताए ।

    चलचित्र महाजात्रा चैत्र ९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । ‘महाजात्रा’ लेखन तथा निर्देशन गरेका प्रदीप भट्टराईले आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको बताए  । कलाकारहरुमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रविण खतिवडा, दिव्यदेव लगायतका चलचित्रमा अभिनय  छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार