शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

बीमा रकम दाबी गर्न टिपरमा आफैँ आगो लगाएर नेपाल बन्द कर्तालाई दोष

बीमा रकम दाबी गर्न टिपरमा आफैँ आगो लगाएर नेपाल बन्द कर्तालाई दोष

साझा पोष्ट
मंगलबार, भदौ ७ २०७९
  • images
    बीमा रकम दाबी गर्न टिपरमा आफैँ आगो लगाएर नेपाल बन्द कर्तालाई दोष
    images
    बुटवल । नेपाल बन्दको बहानामा बीमा रकम हत्याउने योजना बनाएर दाङमा आफ्नै सवारीमा आगजनी गरेको खुलेको छ। मंगलबार बिहान ५ बजेतिर घोराही उपमहानगरपालिका-३ कुइरेपानीको बबई खोलाको पुल नजिक टिपरमा आगजनी भएपछि प्रहरीले सोधपुछ गर्दा पोल खुलेको हो ।आगजनीपछि टिप धनी धनेश्वर भण्डारीले प्रहरीलाई खबर गरेका थिए। गोग्लीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको खालि टिपरमा चालक र सहचालकलाई टिपरबाट झारेर बन्दकर्ताले आगजनी गरेर फरार भएको सूचना दिइएको थियो। जानकारी पाउनासाथ प्रहरी चौकी गोग्ली र वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरीले दमकल लगेर आगो निभाएको थियो ।प्रहरीले टिपर धनी, चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय दाङमा लगेर सोधपुछ र अनुसन्धान गर्दा टिपरमा बन्दकर्ताले नभई आफैं आगो लगाएको खुलेको हो । टिपरधनी धनेश्वर भण्डारीले पुरानो भएकाले टिपरमा आगो लगाएको स्वीकार गरेका प्रहरीले जनाएको छ । टिपर जलाएर बीमा दाबी गर्ने आफ्नो योजना अनुसार चालक र सहचालकलाई उनले निर्देशन दिएको खुलेको छ। साहुको निर्देशन अनुसार चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले उक्त टिपरमा डिजेल खन्याएर आगो लगाएको खुलेको छ।उनीहरुविरुद्ध प्रहरीले आपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार