शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

के अभिनेता पल शाह आज थुनामुक्त होलान ?

के अभिनेता पल शाह आज थुनामुक्त होलान ?

साझा पोष्ट
सोमबार, भदौ १३ २०७९
  • images
    के अभिनेता पल शाह आज थुनामुक्त होलान ?
    images
    काठमाडौं । बलात्कार अभियोग लागेर थुनामा रहेका अभिनेता पल शाहको मुद्दा फैसलाको चरणमा पुगेको छ। तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि पेशी तोकेका हुन्। तनहुँ जिल्ला अदालतले शाहको मुद्दाको पेसी आज तोकेको छ । पल शाहका कानुन व्यवसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार आज तनहुँ जिल्ला अदालतमा पेसी छ भने नवलपुर अदालतले २१ भदौका लागि पेसी तोकेको हो । दुवै अदालतमा एक हप्ताको फरकमा पेशी तोकिएको हो । यसअघि अदालतले साक्षी बुझ्ने तथा वादी र प्रतिवादीको बकपत्र गराउने कार्य गरिसकेको छ। मुद्दा फैसालाको अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्दा लड्न सक्ने तथा थुनामा रहनुपर्ने दुईमध्ये एक फैसला आउने कानून व्यवशायी वाग्लेले बताए । जिल्ला अदालत तनहुँले चैत १० गते पललाई थुनामा पठाउन आदेश दिएको थियो। नवलपुरले पनि उनलाई थुनामा पठाउने आदेश नै दिएको थियो। अदालतको आदेशपछि उनलाई कारागार कार्यालय तनहुँमा राखिएको छ। आफूलाई दुवै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए। उनको निवेदनमाथि जेठ १९ गते सुनुवाई भएको थियो। तर उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि पल थुनामै परेका हुन्। उच्च अदालतले पललाई थुनामुक्त गर्न आदेश नदिए पनि निरन्तर सुनुवाइमा राखि यथाशिघ्र फैसला गर्न भनेको थियो। पललाई बलात्कारको आरोप लगाउँदै जाहेरी दिने युवती र उनका बुबाले बयान फेरिसकेका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार