शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

इच्छाराजसहित उनको परिवारविरुद्ध करिब ६ अर्बको बिगो दाबीसहित मुद्दा दायर

इच्छाराजसहित उनको परिवारविरुद्ध करिब ६ अर्बको बिगो दाबीसहित मुद्दा दायर

साझा पोष्ट
बिहीबार , भदौ १६ २०७९
  • images
    इच्छाराजसहित उनको परिवारविरुद्ध करिब ६ अर्बको बिगो दाबीसहित मुद्दा दायर
    images
    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ । विभागले बिहीबार विशेष अदालतमा तामाङसहित उनको परिवार र सिभिल सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध करिब ६ अर्ब रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको हो । विभागले तामाङसहित उनको परिवारविरुद्ध पाँच अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो । तामाङले सहकारीबाट तीन अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९ सय ४२ रुपैयाँ ठगेको आरोप छ । त्यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले एक अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ ठगेको विभागको अनुसन्धानमा फेला परेको छ । विभागका अनुसार तामाङका छोरी प्रतीक्षा तामाङले ६ करोड २२ लाख ३३ हजार ९७ र अर्की छोरी प्रतिष्ठा तामाङले एक करोड ८९ लाख १८ हजार ६ सय ४६ रुपैयाँ ठगी गरेको भेटिएको छ । त्यस्तै सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड ६१ लाख ४५ हजार ५ सय ३० रुपैयाँ ठगि गरेको विभागले जनाएको छ । तामाङले सहकारी संस्था प्रयोग गरी सहकारी संस्थाको नियम विधि र प्रक्रिया मिचेर एउटै समूहका कम्पनीहरुलाई सुरक्षण बापत धितो नलिइ एउटै समूहलाई ५० प्रतिशत ऋण दिने गरेको पाइएको उल्लेख छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार