'सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ गठनप्रति श्रष्टाहरुकै आपत्ति

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले गठन गरेको “सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान” ऐनका विभिन्न विषयमा त्यस क्षेत्रका स्रष्टाले आपत्ति जनाएका छन् ।
ऐनले सुदूरपश्चिमको कला, साहित्य, संस्कृति खोज अनुसन्धानमा योगदान दिएका श्रष्टाको अपमान गरेको भन्दै उनीहरुले सामुहिक आपत्ति जनाएका हुन् । उपकुलपति चयन गर्ने विषयमा ऐनले अव्यवहारिक र अमुर्त सीमा निर्धारण गरेर पञ्चायती शैलीमा प्रतिष्ठान चलाउन खोजको उनीहरुको आरोप छ । सूदरपश्चिमबाट प्रतिनिधित्व गर्ने नन्दकृष्ण जोशी, नरेन्दरराज रेग्मी, यज्ञराज उपाध्याय, भोजराज भट्ट, लाल बहादुर थापा, विनोद बाजुराली लगायतका ५० जना बढी स्रष्टाले सामुहिक विज्ञप्ती जारी गरेर ऐनप्रति आपत्ति जनाएका हुन् ।
स्रष्टाहरुले ऐन संशोधन नभएसम्म आफुहरुलाई स्विकार्य नहुने भन्दै सुदूरपश्चिम प्रदेश सभा र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । श्रष्टाहरुका तर्फबाट सुदुर पश्चिम साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डे र सुदुरपश्चिम कलाकार मञ्चका सल्लाहकार लालबहादुर थापाले प्रदेश मूख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश सचिव दिपक लामिछानेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । प्रतिष्ठानको कुलपति, सहकुलपति, उपकुलपति, सदस्य सचिव लगायतका सबै पदमा स्रष्टाहरुबाटै नियुक्ति हुनुपर्ने, नियुक्तिमा योग्यताको सिमा र उमेरको हदबन्दी हटाउनुपर्ने लगायतका माग स्रष्टाहरुको छ ।
सामूहिक हस्ताक्षर गर्ने स्रष्टाहरु :
नन्दकृष्ण जोशी,नरेन्दरराज रेग्मी,यज्ञराज उपाध्याय,भोजराज भट्टलाल बहादुर थापा,राजाराम भाट,दिपेन्द्र प्रसाद दहाल,डिक्रा वादी, राजेन्द्र शाह विपी,विनोद बाजुराली,अराज केशव,लालबहादुर धामी
प्रकाश थापा,भूवन बडु,महेश औजी,संगीता शाह,भिम थापा,हेमन्त विवश,लोकराज भट्ट,नविन सिंह धामी,सुरत रावत,ध्वज महरा,दीपक संगम बिसी,दिनेश रेग्मी,डा. राजेन्द्र भट्ट,टेक बोगटी,शोभा थापा,सूर्य विरही साउँद,उमा शंकर जोशी,जयराज भट्ट,हर्क खडायत,जनक कार्की,चक्र बम,टंक तिमिल्सिना,रवि ओड,गौरी भट्ट,रेखा जोशी,राजेन्द्र भट्टरामप्रसाद अवस्थी,रोजी कुँवर,झरना बोहरा,पुष्पा बोहरा
रोहित देउवा,मनोजसिंह धामी,रमेश मल्ल,टेक बिष्ट,टेक बुढा,राजेन्द्र बाजुराली,सुरेश चोखाल,दिपा रोकाया,लक्ष्मी आचाय,भिम बिष्ट ।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९ १२:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय