शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

हाम्रो ३२ सिटमा दाबी छ, न्यायोचित हिस्सा नपाए गठबन्धनको अर्थ छैन : उपेन्द्र यादव

हाम्रो ३२ सिटमा दाबी छ, न्यायोचित हिस्सा नपाए गठबन्धनको अर्थ छैन : उपेन्द्र यादव

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    हाम्रो ३२ सिटमा दाबी छ, न्यायोचित हिस्सा नपाए गठबन्धनको अर्थ छैन : उपेन्द्र यादव
    images
    1. वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा आप्नो पार्टीले ३२ सिट दाबी गरेको बताउँदै न्यायोचित तवरमा सिट बाँडफाँड नभए गठबन्धनको अर्थ नहुने बताएका छन् ।
    वीरगञ्जमा स्थापना भएको मधेस विश्व विद्यालयको कार्यालय भवन उद्घाटन गर्दै अध्यक्ष यादवले न्यायोचित हिस्सेदारी हुनुपर्ने माग गरे । ‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ रहँदैन । ’ यादवले भने– सब दललाई वीन वीन हुने गरी अगाडि बढ्नुपर्छ ।’ गठबन्धनमा जसपाले ३२ सिट दाबी गरेको पनि उनले बताए । ‘हुन त हाम्रो दाबी ३२ सिटमा छ । यो छलफल र समझदारीको विषय हो ।' उनले भने- समझदारी गर्दा कहाँ गएर टुंगिन्छ । त्यसलाई स्वीकार गरेरै अघि बढ्छौं ।’ सिट बाँडफाँड कार्यादललाई प्रतिवेदन बुझाउन भनिएको र त्यो प्रतिवेदन आएपछि नेताहरुसँग बसेर छलफल गरी बाँकी विषय टुंग्याउने उनले बताए । नेसनल ट्रेडिङको १५ कठ्ठा जमिन लिएर विश्व विद्यालयको कार्यालय स्थापना गरिएको छ । पर्सा जिल्लामा १ सय विघा जमिन खोजेर विश्व विद्यालयका लागि अन्य पूर्वाधार निर्माणको काम अघि बढाउने तयारी छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार