शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

टस जितेपछि सुदूरपश्चिमलाई कास्य पदक

टस जितेपछि सुदूरपश्चिमलाई कास्य पदक

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    टस जितेपछि सुदूरपश्चिमलाई कास्य पदक
    images
    काठमाडौं । सुदुरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा कास्य पदक जितेको छ । कीर्तिपुरस्थिति टियु मैदानमा शुक्रबार बिहान हुनु पर्ने खेल निरन्तरको वर्षाका कारण खेल्न सम्भव नभए पश्चात टस गरेर खेलको निर्णय लिईएको हो ।पहिला टस जितेर एनआरएनए स्पोर्ट्स एकेडेमीविरुद्ध सुदुरपश्चिमले ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर त्यस पश्चातको निरन्तरको वर्षाले खेल हुन सकेन । खेल हुन नसके पश्चात पुनः भएको टसमा सुदुरपश्चिम प्रदेशले एनआरएनए स्पोर्टस एकेडेमीविरुद्ध टस जितेपछि सुदुरपश्चिम विजयी भएको हो । सुदुरपश्चिमले जितका साथ काँस्य पदक जितेको छ ।एनआरएनए चौथो स्थानमा रह्यो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार