शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडीले प्रतिस्पर्धा गर्ने

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडीले प्रतिस्पर्धा गर्ने

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडीले प्रतिस्पर्धा गर्ने
    images

    काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सुष्मा तामाङसहित ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।


    images
    images

    च्याम्पियनसिपमा भाग लिन  ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ ।

    टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

    पुरुषतर्फ लालप्रसाद उप्रेतीले पुरुषको ४८ केजीमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै महिलातर्फ सुष्मा तामाङले ४८ केजी तथा रमिशा श्रेष्ठले ५० केजीमा खेल्ने छन् । 

    सुष्माले थाइल्यान्डमा भएको गत संस्करणमा रजत जित्दै नेपाली बक्सिङमा इतिहास रचेकी थिइन् । नेपाल बक्सिङको इतिहासमा सुष्माले जितेको रजत एसियालीस्तरमा नेपालले प्राप्त गरेको एक मात्र पदक हो ।

    यसैथरी प्रशिक्षकमा आइबा वान स्टार सुजित पुन मगर तथा निर्णायकमा आइबा २ स्टार आरजे धनकुमार मैनाली   छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार