शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

साझा पोष्ट
आइतबार, असोज २ २०७९
  • images
    साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै
    images
    काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। साँझ पाँच बजे दशरथ रंगशालामा हुने फाइनल भिडन्तपछि साफ महिला च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउँदैछ। नेपाल चारपटक फाइनलमा पुगेर पनि उपाधिबाट बन्चित भएको थियो। बंगलादेशले पनि एकपटक फाइनलमा पुगेर उपाधि जित्न सकेको थिएन। पाँचपटकको च्याम्पियन भारतलाई जारी प्रतियोगितामा पराजित गरेका दुवै टिमबीचको फाइनल भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ। समूह चरणमा बंगलादेशले भारतलाई ३(० गोल र सेमिफाइनलमा नेपालले भारतलाई १(० गोलले हराएका थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार