शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

बंगलादेशको फूटबल टिम आज नेपाल आउँदै 

बंगलादेशको फूटबल टिम आज नेपाल आउँदै 

साझा पोष्ट
शुक्रबार, असोज ७ २०७९
  • images
    बंगलादेशको फूटबल टिम आज नेपाल आउँदै 
    images

    काठमाडौं । मैत्रीपूर्ण खेलका लागि बंगलादेशको पुरुष फुटबल टिम आज (शुक्रबार) नेपाल आउँदैछ । 


    images
    images

     असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालसँग हुने मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टिम आउन लागेको हो । बंगलादेशी टिम आज राति ०९:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ ।

    नेपालसँगको खेलअघि बंगलादेशले बिहीबार कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा बंगलादेशले १(० को जित निकालेको थियो ।

    बंगलादेशसँगको मैत्रीपूर्ण खेलका नेपाली टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् । खेलका लागि एन्फाले साधारणतर्फको टिकट ५०० र भिआइपी टिकट एक हजार तोकेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार