आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

जनताको बहुदलीय जनवाद सिद्धान्त होईन: झलनाथ खनाल

जनताको बहुदलीय जनवाद सिद्धान्त होईन: झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज)कहिल्यै पनि मार्गदर्शक सिद्धान्त नभएको टिप्पणी गरेका छन् । खनालको शुक्रबार राजधानीमा विमोचित पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’मा जबज एउटा पुँजीवादी जनवादी कार्यक्रममात्रै भएको उल्लेख गरिएको छ ।

साझा पोष्ट
शुक्रबार, असोज १४ २०७९
  • images
    जनताको बहुदलीय जनवाद सिद्धान्त होईन: झलनाथ खनाल
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज)कहिल्यै पनि मार्गदर्शक सिद्धान्त नभएको टिप्पणी गरेका छन् ।


    images
    images

    खनालको शुक्रबार राजधानीमा विमोचित पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’मा जबज एउटा पुँजीवादी जनवादी कार्यक्रममात्रै भएको उल्लेख गरिएको छ । खनालले आफ्नो पुस्तकमा नेकपा एमाले र जबजलाई सिद्धान्त मान्ने नेताहरुलाई पीर पर्ने गरी र बहसमा आमन्त्रण गर्ने गरी जबजलाई सिद्धान्त मान्न अस्वीकार गरेका हुन ।

     

     ‘नेपाली जनवादी क्रान्तिका कार्यक्रमहरु विभिन्न रुपमा आए–नयाँ जनवाद, राष्ट्रिय जनवाद वा जनताको बहुदलीय जनवाद,’ पुस्तकमा भनिएको छ, ‘जे नाम दिए पनि यी सबै पुँजीवादी जनवादी कार्यक्रम नै हुन् । जबज भनेको यसको सम्पूर्ण सामाजिक आर्थिक संरचनाका दृष्टिले एउटा पुँजीवादी जनवादी कार्यक्रम नै हो ।’


    नेकपा एमालेले भने जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्त मान्छ । अबको समाजवादी क्रान्तिमा समेत यो मागर्दशक हुने एमालेको जिकिर छ । तर खनालले त्यसलाई अस्वीकार गरेका छन ।  ‘जबज हाम्रो मार्गदर्शक सिद्धान्त होइन, यो कहिल्यै पनि हाम्रो मार्गदर्शक सिद्धान्त होइन र बनाउन जरुरी पनि थिएन,’ खनालको पुस्तकमा भनिएको छ ।

    पुँजीवादी क्रान्ति सम्पन्न भएको र त्यसको सार तत्व समेत संविधानमा समेटिएको विश्लेषण गर्दै खनालले अबको कार्यक्रम वैज्ञानिक समाज रहेको तर्क अघि सारेका छन ।  

    एमालेका तत्कालीन महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवाद अघि सार्दा शुरुमा खनालले यसको विरोध गरेका थिए । उनले त्यतिबेलै यसलाई 'दक्षप्रजापतिको टाउको' भनेका थिए । र, अहिले फेरि प्रश्न उठाएका हुन । 

    खनालले पुस्तक विमोचन कार्यक्रममा जबजलाई मार्गदर्शक सिद्धान्त मानिरहेको एमालेप्रति टिप्पणी गरे। ‘केहीले अहिले जनताको बहुदलयीय जनवाद नै हाम्रो लक्ष्य हो भन्छन् । जनताको शब्द एकछिनलाई हटाइदिएर बहुदलीय जनवाद मात्रै भनौं ।’ खनालले भने–  यो बहुदलीय जनवाद त अमेरिकामा पनि छ । फ्रान्समा पनि छ । बेलायतमा पनि छ । सारा युरोपभरि बहुदलीय जनवाद नै छ । ल्याटिन र अफ्रिकाका पनि अधिकांश भागमा बहुदलीय जनवाद नै छ । अनि एशियामा पनि समाजवादी मुलुकबाहेक बहुदलयीय जनवाद नै छ ।’

    खनालले एमालेको लक्ष्य र चरित्रमाथि पनि प्रश्न उठाए । 

    ‘अब पुँजीवादी क्रान्ति सम्पन्न गरिसकेका देशमा बहुदलीय जनवादको लक्ष्य लिएर हिँड्ने कम्युनिष्ट पार्टी कस्तो हुन्छ ?  त्यसको चरित्र के हो ?,’ खनालले प्रश्न गरे ।

    पुस्तकमा उनले समाजवादी क्रान्तिका तीन हतियार भएको उल्लेख गरेका छन् । जसमा उनले उही पुरानै कुरा ‘शक्तिशाली कम्युनिष्ट पार्टी, संयुक्त मोर्चा र वर्ग संघर्ष’ लाई समेटेका छन् ।

    खनालको पुस्तकमा ‘विश्व कम्युनिष्ट आन्दोलन र नेपालको सन्दर्भ सहित पाँच अध्याय  छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार