आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

 रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज 

 रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज 

काठमाडौं। विवेकशील साझा पार्टीले रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज गरेको छ। पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले मिश्रको सिद्धान्तलाई विवादस्पद र घातक दस्तावेज भन्दै खारेज गरेको  हो ।

साझा पोष्ट
शनिबार, असोज १५ २०७९
  • images
     रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज 
    images

    काठमाडौं। विवेकशील साझा पार्टीले रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज गरेको छ।


    images
    images

    पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले मिश्रको सिद्धान्तलाई विवादस्पद र घातक दस्तावेज भन्दै खारेज गरेको  हो ।

    मिश्र राप्रपा प्रवेश गरेको तेस्रो दिन विवेकशील साझाले त्यसलाई खारेज गरेको छ । ‘विवेकशील साझा पार्टीले विवादस्पद र घातक दस्तावेज “विचार भन्दा माथी” देश खारेज गरेको छ।’ प्रवक्ता प्रकाशचन्द्र परियारले निकालेको विज्ञप्तिमा भनिएको छ । 

    मिश्र विवेकशील साझाका पूर्व अध्यक्ष हुन्। उनी हालै राप्रपामा प्रवेश गरेका छन्।  दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति सुरू भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको पार्टी प्रवक्ता परियारले जानकारी दिएका छन । यस्तै उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी समस्याको समाधान गर्न अग्रसर समेत हुने बैठकले निर्णय गरेको छ।

     बैठकले पार्टी भित्र देखा परेको वैचारिक असहमतिका कारण विगत देखिनै राजीनामा दिएका, असन्तुष्ट भएर निष्कृय रहेका र वैचारिक संघर्षमा सम्मिलीत पार्टीका सम्पूर्ण नेता तथा सदस्यहरुलाई विवादस्पद र घातक दस्तावेज “विचार भन्दा माथि देश” खारेज गरिसकिएकाले पार्टीमा पुनस् सकृय हुन, पार्टी निर्माणसंगै आसन्न निर्वाचनमा होमिन हार्दिक अपील गरेको छ।

     

    प्रतिक्रिया हरु
    थप समाचार