आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

अस्पतालले भन्यो, सत्यमोहन जोशीको स्वास्थ्य अवस्था निकै गम्भीर छ 

अस्पतालले भन्यो, सत्यमोहन जोशीको स्वास्थ्य अवस्था निकै गम्भीर छ 

ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको हो । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ ।  उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

साझा पोष्ट
सोमबार, असोज २४ २०७९
  • images
    अस्पतालले भन्यो, सत्यमोहन जोशीको स्वास्थ्य अवस्था निकै गम्भीर छ 
    images

    काठमाडौं । संस्कृतिविद् एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था निकै नै गम्भीर भएको अस्पतालले जनाएको छ ।  जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएपछि आईसीयू कक्षमा सारिएको छ । 


    images
    images

    ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको हो । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । 

    उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

    जोशीलाई डेंगु संक्रमणले निकै गलाएको र १७ दिनको अस्पताल बसाइको क्रममा शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछिल्ला तीन/चार दिनदेखि उनमा खानामा पटक्कै रुचि नभएको र बोल्न पनि नसक्ने अवस्थामा रहेको जारी स्वास्थ्य बुलेटिनमा उल्लेख छ । 

     

    प्रतिक्रिया हरु
    थप समाचार