Sajha Post
ओलीको कञ्चनपुर भाषणः  क्रोध , बदला, निषेध र द्वेषपूर्ण दुर्भाव
मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भएपनि हाम्रा मतहरु सुरक्षित गर्न अछाममा गएर लड्नु होस् भन्दा म तयार भएँ, तर सांसद ५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै "मुख खाली छैन” र फेरी पनि “खान" को लागि मुख किन बाउनु भएको त ? 

कञ्चनपुरमा भएको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीको उत्तेजित भाषणको “भीम रावलको तपाईलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन , बुढो भइसक्नु भयो, बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, के को खेती गरिराख्या भीम रावल, के भीम रावल ? थुप्रै रावलहरु हुनुहुन्छ नि त सुदूरपश्चिममा, थुप्रो रावलहरुलाई अगाडि बढाइन्छ ” भन्ने अंशले उहाँ भित्र बलिरहेको क्रोध , बदला, निषेध र
द्वेषपूर्ण दुर्भाव उदाङ्ग हुन्छ । उहाँको भनाईले यस्ता प्रश्न स्वतः उठ्छन् :

१) मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भएपनि हाम्रा मतहरु सुरक्षित गर्न अछाममा गएर लड्नु होस् भन्दा म तयार भएँ, तर सांसद ५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै "मुख खाली छैन” र फेरी पनि “खान" को लागि मुख किन बाउनु भएको त ?

२) म ६७ वर्ष लागेकालाई "बुढो” भन्ने हो भने ७० वर्ष काटि सकेका ओलीजी फेरी सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनु भयो ? म भन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो ?

३) हो, अरुलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नु पर्छ । तर अरुलाई पालो दिनु पर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौं पदमा रहेका र अनेकौं पटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरुलाई पालो दिनुपर्ने भन्ने किन लागू नहुने त?

४) ओलीजीले थर विशेषलाई पनि उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तिनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रुपमा अपमान हुने गरी बोल्नु भएको रहेछ । स्मरण होस् , अछाम जिल्ला लगायत देशका विभिन्न भागमा ब्राम्हण र क्षेत्री गरी थुप्रै ओलीहरु पनि छन् , तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री किन नबनाउने त ?

५) पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दैगर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रेको छ । 

-ओलीले चर्को आलोचना गर्दै भाषण गरेपछि रावलले सामाजिक सञ्जालमा गरेको प्रतिवाद  

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  २३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update