शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

भारतलाई बिजुली बेचेर पाँच महिनामा  १० अर्ब ३८ करोड आम्दानी

भारतलाई बिजुली बेचेर पाँच महिनामा  १० अर्ब ३८ करोड आम्दानी

साझा पोष्ट
शुक्रबार, मंसिर २ २०७९
  • images
    भारतलाई बिजुली बेचेर पाँच महिनामा  १० अर्ब ३८ करोड आम्दानी
    images

    काठमाडौं । बिजुली बेचेर मुलुकले १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ । यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो ।  देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत् प्राधिकरणले भारत निर्यात गरेको हो । 


    images
    images

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत  जेठ १९ देखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे (अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । 

    सुरुमा दुई विद्युत् गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि गत २७ जेठदेखि दैनिकरुपमा छ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युत्‌लाई स्रोत मानी दैनिकरुपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो । 

    गत १८ र ३० कात्तिकबाट क्रमशः चिलिमे र सोलुखोलाको विद्युत् निर्यात सुरु भएसँगै भारततर्फ निर्यात हुने विद्युत्‌को स्वीकृति क्षमता चार सय नौ मेगावाट पुगेको छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार